पर्वतमा पनि प्याराग्लाइडिङ

parbat

   कुश्मा । प्रकृतिको मनरोम दृष्य, नेपालमा बसोबास गर्ने विभन्न समुदाय, भेषभुषा, संस्कृतिक सम्पदाले मात्रै होइन्, नेपालमा पर्यटकको घुइचो लाग्नुका अरु कारणहरु धेरै छन् । गौतम बुद्धको जन्मस्थल, सर्वोच्च शिखर सगरमाथा, पशुपतिथान तथा विभिन्न दरबार स्क्वायरमा देखिने परम्परागत शैलीलगायतले पनि पर्यटकहरुमो मन खिचेका छन् ।

त्यस्तै पर्यटकलाई लोभ्याउने प्याराग्लाइडिङ पनि एक हो । पर्यटकीय नगरीको उपाधी पाएको पोखरामा सञ्चालित प्याराग्लाइडिङ अब पर्वत पनि पनि सञ्चालन हुने भएको छ । पर्वतको बिहादी गाउँपालिका–४ लुरिङ डाँडामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएसँगै यहाँ पनि प्याराग्लाइडिङ सञ्चालनको संभावना देखिएको हो ।

उरामको गेप्ताङ सामुदायिक होमस्टेले आयोजना गरेको गाउँ पर्यटन प्रवद्र्धन कार्यक्रमको अवसरमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको हो । पोखराको सराङकोटमा प्याराग्लाइडिङ चलाउँदै आएका विवेक राना र गोले लामाको नेतृत्वमा विपिन परियार, रमेश नेपाली, विक्रम नेपाली र सत्या राईले बिहादी गाउँपालिकाको आकाशमा प्याराग्लाइडिङ उडाएका हुन् ।

प्याराग्लाइडिङका माध्यमबाट पर्यटन क्षेत्रको प्रवर्द्धन गर्दै बिहादीलाई समृद्धिको पथमा हिँडाउने लक्ष्यका साथ परीक्षण उडान गरिएको बिहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसालले बताएका छन् । थप भौगोलिक अध्ययन र पूर्वाधार विकास गरी आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गरी प्याराग्लाइडिङ नियमित सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित