प्रियंका र आयुष्मान अब स्वच्छ वातावरण महाअभियानको अभियन्ता
काठमाडौं । ‘आयंका फाउण्डेशन’ मार्फत् रियल प्रेम जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीले परोपकारी काममा हात अगाडि बढाएका छन् ।
वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको मन्त्रीस्तरिय निर्णयले उनीहरुलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त गरेको हो । अभियन्ताको रुपमा नियुक्त भएका प्रियंका र आयुष्मानले अब देशभर स्वच्छ वातावरण बनाउनका लागि जनचेतनाको कार्यक्रमहरु गर्नेछन् ।
अभियन्तामा मन्त्रालयले उनीहरुलाई एक वर्षका लागि नियुक्त गरेको हो । प्रियंका र आयुष्मानले मन्त्रालयले आफूहरुलाई दिएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यो जोडी अभिनीत नयाँ फिल्म ुप्रेम दिवसु अर्को वर्षको जेठ ३ मा रिलिजका लागि तयारी छ ।
प्रतिक्रिया