गोदामचौर बलात्कारमा दोषी तीन जनालाई १० वर्ष कैद

sakira

   काठमाडौं । ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार काण्डमा तीन जनालाई दोषी ठहर गरेको छ। जिल्ला न्यायाधीश धनसिंह महराको एकल इजलासले शुक्रबार मुद्दाको सुनुवाइ गर्दै घटनामा संलग्न गोदामचौरकै रघु सिलवाल, पवन कुँवर र विशालध्वज कार्कीलाई जनही १० वर्षको कैद सजाय सुनाएका हुन्।

उनीहरूलाई जनही १ लाखका दरले तीन लाख क्षतिपुर्ति तिराउन पनि अदालतले आदेश दिएको छ। उनीहरू ज्यान मार्ने उद्योगमा पनि दोषी ठहर भएका छन्। घटना भएको १५ महिनापछि अदालतले दोषीलाई कैद सजाय सुनाएको हो।

यस्तो थियो घटना विवरण
एक वर्ष अघिकको चिसो छिप्पिदै गरेको मंसिर महिनाको २ गते ललितपुर गोदावरी–१ गोदामचौरकी २२ वर्षीया शाकिरा (परिवर्ततीत नाम) सामूहिक बलात्कारमा परेकी थिइन् । ति अपराधिहरुले शाकिरालाई सामूहिक बलात्कार मात्र गरेनन् मार्ने उद्धेश्यले टाउकोमा ढुंगा प्रहार गरेर बेहोश नै बनाए ।

वेहोश अवस्थामा फेला परेकी शाकिराले लामो उपचारपछि आपूmलाई बलात्कार गरेको भन्दै सिलवाल, कुँवर र कार्कीको नाम लिएकी थिइन् । त्यतिबेला शाकिराले सात दिन पछि बर्बराउँदै उनीहरुको नाम लिएको प्रहरीले जनाएको थियो ।

उनको यही किटानी बोलीका आधारमा सातदोबाटो प्रहरीले आरोपी पक्रियो। जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्दा चलायो। तर, जिल्ला अदालत ललितपुरले पुस २६ गते ‘पर्याप्त प्रमाण नभेटिएकोु भन्दै साधारण तारेखमा छोडिदियो।

आरोपितहरु अदालतबाट छाडिएपछि आफ्नै गाउँमा बस्न शाकिराको परिवारलाई साह्रै अप्ठेरो पर्यो । पीडक पक्षले ‘हाम्रा छोरा–चेलालाई बलात्कारी आरोप लगाई थुनेको’ भनेर तर्साउन थालेपछि शाकिराका श्रीमान् श्रीमती लुभु गएर बस्न थाले ।

तर, अर्को महिना माघ २५ गते उच्च अदालत पाटनले मुद्दा उल्टायो। जिल्ला अदालतको आदेश ‘बेरित’को ठहर गर्दै उच्च अदालतले पीडकहरूलाई थुनामै राख्ने आदेश दियो। यो आदेशसँगै पीडकहरू फरार भए। उनीहरूमध्ये दुई जनालाई गत मंसिर २६ गते प्रहरीले पक्राउ गरेको थियो। तर, अहिले जिल्ला अदालतले नै उनीहरुलाई १० वर्षको जेल सजाय सुनाएपछि शाकिराले न्याय पाएको पारिवारीक स्रोत बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित