साम्तेनको ‘चच हुई’मा आर्यन र मिरुना
काठमाडौं । तान्द्रो, अनागत, सुस्केरा र साढे सात निर्देशन गरेका साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको फिल्म ‘चच हुई’मा नायक आर्यन सिक्देल र मिरुना मगर फाइनल भएका छन् । साम्तेनले पहिलो पटक आर्यन र मिरुनासँग काम गर्न लागेका हुन् ।
‘लेटर’ फिल्मबाट निर्देशनमा डेब्यु गरेका सान्तेनले हरेक फिल्ममा कथावस्तु फरक भएता पनि उस्तै फिल्म निर्देशन गरिरहेको आरोप लागेको छ । तर उनले यो फिल्म कमेडी जनरामा निर्माण गर्ने भएका छन् । उनको कमेडी फिल्मको छायांकन अवधि लामो भने छैन । यसै साताबाट छायांकन सुरु गरिने फिल्मको वैशाख अन्तिममा छायांकन सकिने छ ।
फिल्ममा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहनेछ भने, एजीएम इन्टरटेनमेन्टको ब्यानरमा फिल्मलाई अमृत घले लामाले निर्माण गर्नेछन् ।
प्रतिक्रिया