सरकार र सीके राउतबीचको सहमति शंकास्पद भएको कमल थापाको आरोप
कञ्चनपुर। राप्रपाका अध्यक्ष कमल थापाले सरकार र सीके राउतबीच भएको सहमति शंकास्पद भएको दाबी गरेका छन् ।
‘राष्ट्र विखण्डनको मुद्दा जनताको अभिमतसँग जोड्न खोजिएको छ, यदि त्यस्तो हो भने नेपाली जनतालाई त्यो कुरा कदापि स्वीकार्य हुँदैन’, शनिबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, ‘यस विषयमा सरकारले एक हप्ताभित्र आफनो धारणा स्पष्ट पार्नुपर्छ, नत्र राप्रपाले आन्दोलन शुरु गर्छ ।’
उनले शुक्रबार राउतले सरकारसँग भएको सहमतिलाई सामाजिक सञ्जालमार्फत मधेु अलग्गै राज्य हुने विषयमा जनमत संग्रह हुने कुरा लेखेकाले झनै शंका उब्जाएको बताएका छन् । उक्त सहमतिलाई सतर्कतापूर्वक स्वागत गरिएको उनले बताएका छन् ।
फाुगन १५ गते ताप्लेजुंगको पाथिभराबाट शुरु भएको राप्रपाको राष्ट्रिय स्वभिमान यात्रा शुक्रबार महेन्द्रनगर पुगेको हो ।
प्रतिक्रिया