संयुक्त राष्ट्र संघको कार्यक्रममा भाग लिन राष्ट्रपति भण्डारी अमेरिका प्रस्थान
काठमाडौं । संयुक्त राष्ट्र संघको महिलाहरुको अवस्थासम्बन्धी आयोगको ६३औं अधिवेशनमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी आईतवार साँझ अमेरिका प्रस्थान गरेकी छन् ।
राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरे ।
अमेरिकामा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्र संघको महिलाहरुको अवस्थासम्बन्धी आयोगको ६३ औं अधिवेशनमा हुने ओमन इन पावर विषयक उच्च स्तरीय कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
प्रतिक्रिया