सिके राउतलाई राजद्रोहको मुद्धा लगाएर जेल हाल्न सांसद पहारीको माग

rajb

 कास्की। युवा संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजीव पहारीले सरकारसँग भएको सहमतिलाई उल्लङ्घन गर्ने सिके राउतलाई राजद्रोहको मुद्धा लगाएर जेल हाल्नु पर्ने वताएका छन् ।

 पोखरामा आज पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मृत्‍यु भएको १३ औ दिनको श्रद्धाञ्जलीसभामा आयोजित कार्यक्रममा बोल्दै सांसद पहारीले राउतले नेपालको सार्बभौमसत्तामाथि ठाडो चुनौती दिएको वताए।

 'सरकार र सिके राउतबीच सहमति हुनु स्वागतयोग्य कुरा हो। तर, हिजो जनकपुर र तराईका अन्य जिल्लामा सिके राउतकै उपस्थितिमा उनको समूहले गरेको बिखण्डनकारी गतिबिधि देश बिरोधी हुँदा उनलाई जेल हाल्नु पर्छ '- सांसद पहारीले भने। 

 सहमतिको मसी सुक्न नपाउँदै स्वतन्त्र मधेशको नारा लगाउने,पर्चा छपाउने र प्रचार गर्ने उनका कार्यकर्ताहरुलाई पनि  राजद्रोहको मुद्दा लगाउन पहारीले माग गरे।  

 सरकारसँग गरेको सहमति राउतले आफ्नो स्वार्थपूर्तीका निम्ती प्रयोग गरेको हुँदा उनलाई राजद्रोहको मुद्धा लगाउन पहारीले प्रहरीलाई आग्रह समेत गरे। कार्यक्रममा नेकपाका नेताहरु गोविन्द नेपाली, राजकाजी गुरुङ लगायतले बोलेका थिए। 

प्रतिक्रिया

सम्बन्धित