सिकेसँगको सम्झौताले राष्ट्रिय अखण्डतामाथि प्रहार, प्रधानमन्त्रीले दुश्प्रचार गरेको आरोप
बुटवल । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारले सीके राउतसँग सम्झौता गरेर राष्ट्रिय अखण्डतामाथि नै प्रहार गरेको आरोप लगाएका छन् । प्रेस युनियन, रुपन्देहीले बुटवलमा मंगलबार गरेको पत्रकार सम्मेलनमा सिकेसँगको सम्झौतामाथि चौतर्फी रुपमा विरोध भइरहेका बेला नेता पौडेलले पनि सरकारको नियतमाथि नै प्रश्न उठाएका हुन् ।
उनले भने–‘सरकारले सिके राउतसँग गरेको ११ बुँदे समझदारी अपरिपक्व छ । सिकेसँग गलत सम्झौता गरेर सरकार आफैंले देशको अखण्डतामाथि प्रहार गरेको छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले पृथकतावादी आन्दोलन सकिएको भनेर दिएको अभिव्यक्तिको आलोचना गर्दै नेता पौडेलले भने–‘प्रधानमन्त्रीले पृथकतावादी आन्दोलन सकियो भन्नु दुश्प्रचार हो ।
वाइडवडी काण्डमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति पनि नेता पौडेलले आपत्ति जनाए । उनले अख्तियारलाई समेत चुनौती दिने गरी प्रधानमन्त्रीबाट आएको अभिव्यक्ती ढाक छोप गर्ने प्रपञ्च भएको दाबी गरे।
कार्यक्रममा बोल्दै उनले विप्लव नेकपालाई बेलैमा सम्बोधन गर्नुको विकल्प नभएको भन्दै उनले अबिलम्ब वार्तामा बोलाउन माग गरे ।
प्रतिक्रिया