सांसद चौधरी कार्यक्रमस्थलमै बेहोस

shanta chaudhary

     दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक तथा संघीय सांसद शान्ता चौधरी अचानक बेहोस भएपछि अस्पतालमा भर्ना भएकी छन् । मंगलबार बिहान तुलसीपुरस्थित सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गरेको केही समयपछि उनी बेहोस भएको जनाइएको छ ।

हाल उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनलाई के भएको हो भन्ने विषयमा भने अस्पतालले केही खुलाएको छैन । सरकारी वकिलकै कार्यालयमा बेहोस भए लगतै चौधरीलाई तत्कालै नजिकैको राप्ती प्रादेशिक अस्पतलमा पुर्‍याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित