दुई ट्रक जुध्दा एकको मृत्यु, दुई गम्भीर घाइते
नवलपरासी । पूर्व–पश्चिम राजमार्गस्थित नवलपुरको कावासोतीमा दुई ट्रक एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
कावासोतीको खरकट्टा जङ्गलमा आइतबार बिहान दुई बजेतिर ना७ख १०९९ र ना६ख ११९४ नम्बरको ट्रक ठोक्किँदा दाङ घर भएका अनराम राखलको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा दाङकै सुदिप राई र विनोद लामा गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि चितवनको भरतपुर लगिएको छ । राखलको शवलाई पोष्टमार्टमका लागि दुम्कौली स्वास्थ्य केन्द्र देवचुलीमा पठाइएको नवलपुर प्रहरीले जानकारी थिएको छ ।
प्रतिक्रिया