राजपाद्वारा आज पनि संसद अवरुद्ध
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज पनि संसद बैठक अवरुद्ध गरेको छ । दुई दिनदेखि संसद अवरुद्ध गर्दै आएको राजपाले आज पनि संसद अवरुद्ध गरेको हो । टीकापुर लगायत तराई मधेसमा भएका आन्दोलनको छानिबन गर्न सरकारले गठन गरेको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले बैठक अवरुद्ध गरेको हो ।
तेस्रो पटक सम्म संसद अवरुद्ध गर्दा पनि सरकारले प्रतिवेदन सार्वजनिक गर्न चासो नदेखाएको भन्दै उक्त प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले बताए । राजपाले सरकारले प्रतिवेदन लुकाएर सत्य लुकाउन खोजेको आरोप लगाएको छ ।
प्रतिक्रिया