सुमार्गी र विप्लबलाई मिलाउने महराको प्रयास असफल !
काठमाडौं । विद्रोही नेपाल कम्युनिस्ट पार्टी विप्लवले नख्खुस्थित एनसेल कार्यालयसँगै बसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको निवासमा बम विष्फोट गराएपछि विवादास्पद व्यवसायी अजेयराज सुमार्गीको मुक्तिश्री प्रालि (मुक्ति टावर) पनि नेकपाको निशानामा पर्न सक्ने आशंका गरेर सुमार्गीले सभामुख कृष्णबहादुर महराको मध्यस्थतामा विद्रोही नेकपाको नेतृत्व तह (हेडक्वाटर)सँग सहमति गरेका थिए ।
पछिल्लो दिनमा सुमार्गीसँग लगनगाँठो जोडेका महराले विद्रोही नेकपा र सुमार्गीका बीचमा पार्टीलाई सहयोग गरिदिने र आक्रमण नगर्ने सम्बन्धमा सहमति गराएको स्रोतको दाबी छ ।
सभामुख महराले सहमति गराएको तीन दिन पनि बित्न नपाउँदै अजेय सुमार्गीको स्वामित्वमा रहेको पोखरा महानगरपालिकाको शिशुवास्थित २५ रोपनी मूल्यवान जग्गा नेकपा विप्लवले आफ्नो पार्टीको झण्डा गाडेर कब्जामा लिएको छ ।
सुमार्गीका बारेमा केन्द्रमा विद्रोही नेकपाले सहमति गरेको तीन दिन पनि बित्न नपाउँदै अजेयराज सुमार्गीले आफ्नो २५ रोपनी जग्गा कब्जा गरेको निशानामा नराख्ने सम्बन्धमा नेकपा विप्लवसँग भएको सहमति उल्लंघन गरिएको विषयमा मध्यस्थताको भूमिका निर्वाह गरेका सभामुख महरासँग अजेयराज सुमार्गीको सम्पत्ति कब्जा गर्ने केन्द्रीय नीति नभएको भन्दै पार्टीको स्थानीय तहले उक्त जग्गा कब्जा गरेको हुन सक्छ भनेर पन्छिएको स्रोतले जनाएको छ ।
यसरी विप्लव समूहले ठूलो रकम लिएर सुमार्गीर्लाइ कुनै कारबाही नगर्ने सहमति गरेको तीन दिनमा नै अर्बौंको मूल्यवान जग्गामा विप्लव समूहले झण्डा गाडेर कब्जा गरिदिएपछि अजेयराज सुमार्गी ‘हिस्स बुढी हरियो दाँत’ हुन पुगेका छन् भने सभामुख महरा नाजवाफ हुन पुगेको स्रोत बताउँछ । (साँघु साप्ताहिक )
प्रतिक्रिया