निर्मला हत्या प्रकरण : अंगुर पनि अदालत उपस्थित

angur gc

   काठमाडौं । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन डिएसपी अंगुर जीसी पनि अदालत उपस्थित भएका छन् । उनी सोमबार कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी डिल्लीराज विष्ट र डिएसपी जीसीलाई पक्रन जिल्ला अदालतले फागुन २६ मा ३५ दिने म्याद जारी गरेको थियो । सोही कसुरमा मुद्दा लागेका अन्य छ जनालाई भने धरौटीमा छाडेको थियो।

गत मंगलबार अदालत उपस्थित भएका एसपी विष्टलाई आइतबार जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यातना र कसुरमा ६ लाख र प्रमाण नष्टमा साढे ४ लाख धरौटीमा छाड्न आदेश गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित