लगानी सम्मेलनलाइ असफल बनाउँदा विप्लव समूहलाइ के फाइदा ? : नेपाल

madhav kumar nepal

    चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्ने प्रयास जारी रहेको बताएका छन् । मंगलबार बिहान भरतपुरमा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भने–‘पार्टीका एक तहका नेता सोमप्रसाद पाण्डेयजीले अझै पनि संवाद राख्न खोजिरहनु भएको छ ।’

सरकारले चन्दको गतिविधिमा प्रतिबन्ध लगाए पनि मान्छेलाई नै सिध्याउने नीति नलिएको बताउँदै उनले भने–‘मान्छेको चिन्तनलाई ध्वंसमा हैन रुपान्तरणमा लैजाने मूल कुरा हो। अब नेत्रविक्रम चन्दले पनि आफैं पहल गरेर शान्तिपूर्ण रुपमा अवतरण गर्ने काम गर्नु भयो भने उनको शक्ति, उर्जा र अनुभव देशलाई रुपान्तरण गर्न प्रयोग हुन्छ ।’

लगानी सम्मेलनमा समेत विप्लव माओवादीका कारण असर पर्ने देखिएको बताउँदै नेता नेपालले भने–‘राज्य पक्षले त वार्ता सम्वादको ढोका बन्द गरेकै छैन। तर लगानी सम्मेलनको आयोजना गरिएको छ लगानीकर्तालाई बम पड्काएर धम्की दिएर तर्साएको छ। अनि कसरी लगानी सम्मेलन सफल हुन सक्छ। कसरी बाहृय लगानी आउन सक्छ। कसरी आन्तरिक लगानीमा मान्छे रुची राख्छ। त्यसैले राज्यले नागरिकलाई सुरक्षा दिनु उसको कर्तव्यभित्र पर्छ। त्रास र आतंकबाट मुक्त गर्न राज्यले प्रयत्न पनि गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित