हिमपातका कारण एसईई परीक्षार्थी समस्यामा

himpat

  काठमाडौं । पुस, माघ, फागुनमा लगातार हिमपात भएको हुम्लामा चैतको दोस्रो साता पुनः हिमपात भएको छ । हिमपातका कारण एसईई परीक्षाका परीक्षार्थी समस्यामा परेका छन् ।

हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थी बढी प्रभावित भएको बताइएको छ । सोमबार विहानैदेखि पानी परेपछि आज बिहानैबाट हिमपात शुरू भएको छ ।

हिमपातका कारण चिसो बढ्दा एसइइ दिन विद्यार्थीहरुलाई लेख्न समस्या भएको छ । यस वर्षको एसईईमा जिल्लाबाट ९५३ जना विद्यार्थी परीक्षामा नियमित सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित