हिमालय एयरलाइन्सले मार्च ३१ देखि आबुधाबी उडान सुरु गर्दै
युएई। हिमालय एयरलाइन्सले चैत १७ गते अर्थात् मार्च ३१ देखि युएईको आबुधाबी उडान सुरु गर्ने भएको छ ।
आबुधाबी–काठमाडौँ–आबुधाबीको लागि हिमालय एअरलाईन्सले हप्तामा ३ पटक उडान गर्ने हिमालय एयरलाइन्सको जिएसए फिस्टेल ट्राभल्स एन्ड टुरिजम एलएलसिका सञ्चालक एवं एनआरएनए आईसिसि सदस्य ठाकुर प्रसाद ढुङ्गानाले बताए ।
यो भन्दा पहिले दुबईबाट उडान भरिरहेको हिमालय एयरलाइन्सले युएईको आबुधाबीबाट हरेक सोमबार, बुधवार र शुक्रवार उडान गर्नेछ । आबुधाबीमा रहेका नेपालीहरू र त्यहाँबाट नेपाल आउने विदेशीहरूको सुविधालाई ध्यान दिँदै उडान सुरु गर्न लागेको ढुङ्गानाले बताए ।
बिहान १ बजेर ४५ मिनेटमा आवुधावीबाट उडेको जहाज काठमाडौँमा बिहान ८ बजे ल्यान्ड गर्नेछ । साँझ ८ बजेर ४५ मा काठमाडौँबाट जहाज उड्ने छ भने राती ११ बजेर ४५ मिनेटमा आबुधाबी पुग्ने छ । हिमालय एयरलाइन्सले दुबई, साउदीको दम्माम, मलेसिया र कतारमा उडान भरिरहेको छ । हिमालय एयरलाइन्सले आबुधाबी उडानका लागि विभिन्न छुटका योजनाहरू समेत ल्याएको छ ।
प्रतिक्रिया