दश थान पाल, सय वटा बाइबल भन्दै अञ्जु पन्तको आलोचना
काठमाडौं । गायिका अञ्जु पन्तबिरुद्द राहतका सामग्रीको बिषयमा सामाजिक सन्जालमा आलोचना भएको छ । उनको फेक फेसबुक एकाउन्टबाट राहत बाड्दै गरेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सन्जालमा आलोचना भएको हो। क्रिश्चियन धर्मग्रन्थ बाइबलका बन्डल बोकेर हावाहुन्डरी पीडित जिल्ला बारा र पर्सा पुगेको भन्दै उनको आलोचना भएको हो ।
पीडाको आहतमा रहेका फेटालगायतका बासिन्दालाई अहिले राहत बाँड्न विभिन्न संस्था र व्यक्ति पुगिरहेका बेला पन्त पनि पुगेकी हुन् ।
पन्तले हिन्दुबाट धर्मान्तर गरि क्रिश्चियन स्वीकार गरेकी थिइन् । हिन्दु धर्मको विरोध गरी गीत गाएको भन्ने आरोपको सामना उनले गर्न परेको थियो ।
इन्सेटमा राखिएको तस्बिरमा राहतसँगै बाइबल पनि लिएर पन्त पीडितकहाँ पुगेको भनी सामाजिक सञ्जालमा बुधबार आलोचना पनि भएको छ । उनीबिरुद्द अन्जुको राहत: दश थान पाल, सय वटा बाइबल भन्दै सामाजिक सन्जालमा आलोचना गर्नेहरुको जमात बढेको छ।
प्रतिक्रिया