प्रस्तावित प्रमुख निर्वाचन आयुक्तविरुद्ध चार उजुरी
काठमाडौं । नेपाली कांग्रेसका प्रदेशसभाका सांसद नरोत्तम बैद्यले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्तविरुद्ध उजुरी दिएका छन् । मंगलबार कार्यालय समय सकिन ५ मिनेटमात्र बाँकी हुँदा संसदीय सुनुवाई समितिको सचिवालय सिंहदरबार पुगेर बैद्यले उजुरी दिएका हुन ।
। बैद्यले उजुरीमा भनेका छन् - 'पार्टीनिकट व्यक्ति भनेर चिनिएका थपलियालाई लोकसेवा आयोगको प्रमुखको जिम्मेवारी दिँदा स्वतन्त्रपूर्वक निर्वाचन र त्यसको परिणाम सबैले मान्य हुनेगरी आउँछ कि आउँदैन भन्दै प्रश्न गरेका छन् । वहालवाला सचिवलाई त्यसरी प्रमुख बनाइएको इतिहास छैन र यसो गरिनुपनि हुँदैनथ्यो ।' थपलियाविरुद्ध उजुरी दिनका लागि शुक्रबारसम्मको म्याद छ । यसका लागि गोरखापत्र दैनिकमा चैत्र २० गते सूचना जारी गरिएको थियो ।
संवैधानिक परिषद बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलियालाई चैत्र ११ गते प्रस्ताव गरेको थियो । आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवको कार्यकाल अघिल्लो दिन चैत्र १० गते सकिएको थियो ।
थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव हुन । थपलियाको सेवा अवधि आगामी बैशाख ८ गते सकिँदैछ । प्रमुख आयुक्तमा सिफारिस भए ६ वर्षको कार्याकाल रहने छ ।
संविधानको धारा २८४ को उपधारा ३ मा लेखिएको छ ‘ संवैधानिक परिषदले प्रधान न्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ ।’
प्रतिक्रिया