नेपालको शानदार जीत, मलेसिया २ सय १७ रनको फराकिलो अन्तरले पराजित
काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तरर्गत एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको हो ।
शुक्रबार मलेसियाको क्वालालाम्पुरमा भएको खेलमा २८३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको सिंगापुरले ३१ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्रै बनाउन सक्यो ।
नेपाली टोलीका लागि कप्तान रोहित पौडेलले १०५ बलमा सात चौका र एक छक्का प्रहार गरी ९५ रनको योगदान गरे । यस्तै रसिद खानले ४८,पवन सर्राफले ४७,कमलसिंह ऐरीले ३१ र भीम सार्कीले २६ रन बनाए ।
टस हारेर ब्याटिङ थालेको नेपालका लागि पवन सर्राफले ३,कुशल मल्ल र सूर्य तामाङले २/२ र रसिद खानले १ विकेट लिए ।
शनिबार नेपालले आफ्नो दोस्रो खेल यूएईसँग खेल्दै छ । एसिया छनोट खेलका लागि नेपाल सहित मलेसया, यूएई, कुवेत, सिंगापुर र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ । शीर्ष स्थानमा हुने टोलीले सन् २०२०मा दक्षिण अफ्रिकामा हुने यू–१९ एक दिवसीय विश्वकप खेल्नेछ ।
प्रतिक्रिया