यस कारण भोट हाल्नबाट बञ्चित हुँदैछिन् आलिया
काठमाडौं । यस वर्ष भारतको लोकसभा निर्वाचनमा बलिउडका धेरैभन्दा धेरै स्टारका छोराछोरीले पहिलोपल्ट भोट हाल्न पाउने भएपनि बलिउड फिल्म ‘कलंक’की नायिका आलिया भोट हाल्न पाउने छैनिन् ।
इन्डिया टुडेसँग गरिएको एक अन्तर्वार्तामा नायिका भट्टले भनिन–‘म भोट हाल्न पाउँदिन, यसको कारण पासपोर्ट हो ।’ आलिया भारतीय मूलकी बेलायती नागरिक हुन ।
पछिल्लो लोकसभा चुनावको बेलामा पनि आलियालाई यस्तै प्रश्न गरिएको थियो । त्यतिबेला उनले दोहोरो नागरिकताको बारेमा कुरा गरेकी थिइन् ।
दोहोरो नागरिकता दिने प्रावधान भारतमा अहिलेसम्म बनिसकेको छैन । आलियासँग अहिले बेलायतको नागरिकता छ । आलियाकी आमा सोनी बेलायती नागरिक हुन् ।
आलिया हिजोआज चलचित्र ‘कलंक’को प्रमोशनमा व्यस्त छिन् । यसपछि उनी अमिताभ बच्चन र रणवीर कपूरसँग ‘ब्रम्हअस्त्र’मा देखिदैछिन् ।
प्रतिक्रिया