बुद्ध एयरको विमानले एयरपोर्टमै छोडेर गएको सञ्चारमन्त्रीको गुनासो
बुटवल। सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूलाई बुद्ध एयरको विमानले एयरपोर्टमै छोडेर गएको गुनासो गरेका छन् ।
सोमबार प्युठानको गौमुखी गाउँपालिकाको एक कार्यक्रममा सहभागी भएर भैरहवा आउँदै गर्दा आफूलाई छोडेर उडेको मन्त्री बाँस्कोेटाले पत्रकारहरुसँग बताएका छन् ।
मंगलवार बिहान बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री बाँस्कोटाले भने–‘बिना सूचना बुद्ध एयरले मलाई छोडेर जहाज उडायो ।
नयाँ वर्षको अवसरमा अरू केही नभनौं । शुभकामना छ, जहाजले छोडेर गएपछि तपाईंहरूसँग भेट भो । मलाई त दुःख दियो, लुम्बिनी आउने पर्यटकले कति समस्या खेप्दा होलान् पत्रकारहरूले त्यतातर्फ पनि ध्यान दिनुपर्छ, विज्ञापनको पछाडि मात्रै नलागौं ।’
प्रतिक्रिया