चितवनमा दन्त चिकित्सा सम्बन्धि सेमिनार सम्पन्न
चितवन । नयाँ वर्षको सुरुवातमा साईराम डेन्टल केयरले दुई दिने दन्त चिकित्सा सम्बन्धि सेमिनार सम्पन्न गरेको छ । चैत ३० गते शुरु भएको सेमिनार बैशाख १ गतेसम्म चलेको थियो ।
उक्त सेमिनारमा नेपालको तर्फबाट विगत १८ वर्ष देखि दन्त चिकित्सा क्षेत्रमा काम गर्दै आएका नेपाल चिकित्सक संघ झापा शाखाका अध्यक्ष डा. फरवार्ड सिलवाल, बंगलादेशका चर्चित म्याग्जिलोफेसिअल सर्जन डा. सहिद अतिकुर रहमन र चितवन मेडिकल कलेजमा फ्याकल्टीको रुपमा कार्यरत प्रोस्थोडोन्टिक्स डा.स्मृति नारायण ठाकुरले सेमिनारमा आ–आफ्नो प्रस्तुति दिएका र्थि ।
उक्त सेमिनारमा नेपालको पूर्वदेखि पश्चिम सम्मका ८० जना दन्त चिकित्सकको सहभागिता थियो । सेमिनारको पहिलो दिन दन्त चिकित्सकहरुलाई दाँतको जरै देखि उपचार गर्ने पद्धती (Root Canal Treatment) कसरी अत्याधुनिक र उत्कृष्ट तरिकाले गर्न सकिन्छ भन्ने कुरा सिकाइएको थियो भने दोस्रो दिन दन्त चिकित्सा क्षेत्रको नौलो विधि दन्त प्रत्यारोपण (Dental Implant) सम्बन्धि जानकारी दिइएको थियो ।
साईराम डेन्टल केयरकी सञ्चालिका डा. सरिता थापा न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालभरि छरिएर बसेका दन्त चिकित्सकहरुलाई दन्त रोग सम्बन्धि तालिम दिनुका साथै पर्यटकीय नगरी सौराहामा एकिकृत भइ नयाँ वर्षलाई रमाइलोसँग मनाउँदै सेमिनार सम्पन्न गरेको जानकारी गराइन ।
उक्त सेमिनार सहभागी सम्पूर्ण दन्त चिकित्सकलाई निशुल्क रुपमा सेवा प्रदान गरिएको जानकारी गराइन् । समापन कार्यक्रममा बोल्दै रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा कन्सल्टेन्ट डेन्टल सर्जन डा. अजय न्यौपानेले यस्ता खालका सेमिनार अहिलेका दन्त चिकित्सकहरुलाई अपरिहार्य रहेको तर, सेमिनारमा आउन, जान, बस्न र सिक्नको लागि नयाँ दन्त चिकित्सकलाई गाह्रो हुने हुदाँ साईराम डेन्टल केयरले यस्ता सेमिनार निशुल्क रुपमा आयोजना गरेको बताए ।
पहिले नै यस्तै खालको २ ओटा निशुल्क दन्त सेमिनार सम्पन्न गरेको साईराम डेन्टल केयरको यो तेस्रो निशुल्का सेमिनार हो । उनले भविस्यमा पनि यस्ता सेमिनारहरु आयोजना गरिने जानकारी दिए ।
हिजोका दिनमा थोरै दन्त चिकित्सकले मात्र दन्त प्रत्यारोपण प्रविधि (Dental Implant) सेवा प्रवाह गर्न सक्षम भएको अवस्थामायस्तो सेवा निकै महँगो उपचार मानिन्थ्यो । यस्तो प्रविधिबाट उच्च आर्थिक हैसियत भएका विरामिमात्र लाभान्वित हुन सक्थे भने मध्यम र निम्न् आय हुने नेपालीहरु यो प्रविधिमा आधारित दन्त उपचार सेवाबाट वञ्चित थिए ।
तर, साईराम डेन्टल केयरले निशुल्क रुपमा दन्त प्रत्यारोपण प्रविधि (Dental Implant) सम्बन्धि सेमिनार र तालिम प्रदान गरेपछि नयाँ सयौं दन्त चिकित्सक यस्तो सेवा प्रदान गर्न तालिमप्राप्त, सक्षम र दक्ष भएका छन् भने यसबाट दन्त प्रत्यारोपण प्रविधि (Dental Implant) पनि सस्तो र सुलभ दन्त सेवामा परिणत हुने र मध्यम तथा निम्न आयस्तर हुने बिरामीहरुको पनि दन्त प्रत्यारोपण प्रविधि (Dental Implant) सेवामा सहज, सरल र सुलभ पहुँच पुग्ने अपेक्षा गर्न सकिन्छ ।
त्यसैले पनि परम्परागत प्रविधिवाट कृतिम दाँतहरु राख्ने खर्चकै आसपासको खर्चमा भरपर्दो, बलियो र राम्रो प्रविधमा दन्त प्रत्यारोपण प्रविधि (Dental Implant)बाट कृतिम दाँतहरु राख्न सम्भव भएको छ ।
प्रतिक्रिया