सन्दीप लामिछानेको सन्सनीपुर्ण ३ विकेट : पन्जाबविरुद्ध दिल्ली क्यापिटल्सको जीत

panjaab

 काठमाडौं। नेपाली लेगस्पिनर सन्दीप लामिछानेले सन्सनीपुर्ण ३ विकेट लिएपछि इन्डियन प्रिमियर लिग (आईपिएल)मा दिल्ली क्यापिटलसले किङ्ग्स ११ पन्जाबविरुद्ध ५ विकेटको जित हात परेको छ ।

दिल्लीको घरेलु मैदानमा पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले कृश गेलको बिस्फोटक ब्याटिङको मद्दतमा १६४ रनको चुनौती दिएको थियो। दिल्लीले खेल सकिन २ बल बाकी छदा ५ विकेट गुमाएर लक्ष्री पूरा गर्यो ।

दिल्लीका दुई खेलाडीले अर्धशतक पूरा गरे । कप्तान श्रेयश ऐयरले अविजित ५८ रनको पारी खेले भने शिखर धवनले ५६ रन बनाए।

पन्जाबका मोहम्मद सामीले १ र हार्दुस विल्जोनले २ विकेट लिए। दिल्लीका दुई खेलाडी रन आउट्को सिकार भए।

यसअघि नेपाली लेगस्पिनर सन्दीप लामिछानेले सन्सनीपुर्ण रुपमा ३ विकेट लिएपछि दिल्लीले पन्जाबलाई १६३ रनमा रोकेको थियो। सन्दीपले कृश गेल, लोकेश राहुल र साम कुरानको विकेट लिए।

पन्जाबका लागि गेलले बिस्फोटक ब्याटिङ गर्दै ६९ रन जोडे।

सन्दीपले ४ ओभर बलिङ गर्दा ४० रन खर्चिएर ३ विकेट दिलाए भने काशिगो रबदा र अक्सर पटेलले २-२ विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित