राष्ट्रपति भण्डारीद्वारा नवदुर्गा नाचको अवलोकन
वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरमा आयोजित नवदुर्गा भवानीको पूजा अर्थात् द्यौ बोयकेगु, नवदुर्गा नाच र मौलिक हस्तकला प्रर्दशनीको अवलोकन गरेकी छन् ।
राष्ट्रपति भण्डारीले भक्तपुर उद्योग वाणिज्य सङ्घले भक्तपुर जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजना गरिएको नवदुर्गा देवगणले प्रस्तुत गरेको तान्त्रिक विधि एवं शक्ति स्वरुप नवदुर्गा नाचअन्तर्गत मंगलसिद्धि नाच र गणेश नाचको अवलोकन गरेकी हुन् ।
सोही क्रममा राष्ट्रपति भण्डारीले भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिर परिसरको अवलोकन गरेकी थिइन् । अवलोकनका क्रममा राष्ट्रपति भण्डारीले देवगणलाई दक्षिणा दिनुको साथै नवदुर्गा नाच सञ्चालनका लागि स्थानीयवासीले गरिएको अक्षयकोषमा जिल्ला समन्वय समितिले उपलब्ध गराएको १५ लाख र भक्तपुर उद्योग वाणिजय सङ्घले उपलब्ध गराएको पाँच लाख गरी कूल २० लाख अक्षयकोष स्थापनाको लागि हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा पूर्व उद्योगमन्त्री एवम् प्रतिनिधिसभा सदस्य महेश बस्नेतले अवलोकनमा उत्पादनबारे जानकारी गराएका थिए । राष्ट्रपतिको यो कार्यले पर्यटन प्रवद्र्धन तथा भक्तपुरमा रहेको कला, संस्कृति तथा परम्परालाई जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सांसद बस्नेतकाे भनाइ थियाे ।
प्रतिक्रिया