प्रचण्डलाई साइजमा राख्न उपेन्द्रसँग साँठगाँठ ?
सरकारमा जानका लागि ग्रिन सिग्नल दिएका यादवले ओलीसँग निकटता बढाएका छन् । स्रोतका अनुसार संघीय फोरमका अध्यक्ष यादवले उपप्रधानमन्त्रीसहित राम्रो मन्त्रालय मागेका छन् । ओली पनि यादवको मागलाई सकारात्मक रुपमा लिएका छन् ।
माओवादी केन्द्रले सरकार गठनमा कथंकदाचित साथ दिएन भने ओलीले संघीय फोरमलाई लिएर सरकार बनाउने योजना बनाएका छन् । स्रोतले भन्यो–‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केही माओवादी नेताहरूको अभिव्यक्तिले सरकार गठनमा समस्या हुने देखाएको छ । तर, ओलीजीले संघीय फोरमलाई लिएर सरकार बनाउने तयारी हुन सक्ने संकेत गर्नुभएको छ ।’ प्रचण्डले सरकार गठन र पार्टी एकीकरणको कुरा सँगसँगै अगाडि बढाउन प्रस्ताव गरेपछि एमालेका अध्यक्ष ओली केही समस्यामा परेका छन् ।
ओलीलाई सहयोग पुग्ने गरेर महासचिव ईश्वर पोख्रेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोख्रेलका नेताहरूले भूमिका खेलेको स्रोतको भनाइ छ । तत्कालका लागि पार्टी एकता रोक्न सकियो भने आफूहरूलाई फाइदा हुन सक्ने महासचिव पोख्रेल गुटको बुझाइ छ । महासचिव पोख्रेलले माओवादीलाई बाहिर राख्नका लागि अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेता केपी ओली नै हुनुपर्ने धारणा सार्वजनिक रुपमा दिएपछि माओवादीका नेताहरू शसंकित बन्न पुगेका थिए ।
त्यसपछि एमालेलाई अप्ठ्यारो हुने गरेर प्रचण्डले पनि पार्टी एकीकरण र सरकारको विषय एकैसाथ अगाडि बढाउनुपर्ने निर्णय केन्द्रीय कार्यालयको बैठकबाट गराए । त्यति मात्रै होइन प्रचण्डले प्रधानमन्त्री केपी ओली, एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति माओवादीका नेता रामबहादुर थापालाई प्रस्ताव गर्न लगाइदिएका छन् । यो प्रस्तावले एमालेका नेताहरू पनि शसंकित हुन पुगेका छन् ।
प्रतिक्रिया