एनआईसी एशिया बैंकको ३ नयाँ शाखा उद्घाटन

nicsakha

 काठमाडौं। एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र दुई र पर्सा जिल्लाको जगरनाथपुुुरमा १ गरि ३ नयाँ शाखा कार्यालयहरुको आज उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

 मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ भक्तपुर स्थित राधेराधे शाखा कार्यालयको सोहि वडाका वडा अध्यक्ष अमृत मान श्रेष्ठबाट ,चागुनारायण नगरपालिका वडा नं २ दुवाकोट, भक्तपुरस्थित दुवाकोट शाखाको सोहि वडाका वडा अध्यक्ष शिव हरि केसीबाट तथा पर्सा जिल्लाको जगरनाथपुुुर गाउँपालिका वडा नं.४ पर्सा स्थित जगरनाथपुुुर शाखाको जगरनाथपुुुर गाउँपालिका अध्यक्ष जालिम मियाँबाट आज भव्य समारोहका बिच समुद्घाटन गरिएको एनआईसी बैंकले जनाएको छ ।

 बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

 करिब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई  पालना गर्दै आएको बैंकको भनाइ छ ।

 बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको नायब प्रमुख सुचना अधिकृत अर्जुन राज खनियाले जानकारी दिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित