इन्च्यान्टर मिस टीनको ग्राण्ड फिनाले असोज ६ मा

काठमाडौं : काठमाडौं जेसिजको आयोजनामा सञ्चालित ‘इन्च्यान्टर मिस टीन नेपाल–२०१७’ ग्रान्ड फिनाले असोज ६ गते हुने भएको छ । जेसिसले सोमबार पत्राकार तथा अभिभावक सम्मेलनको आयोजना गरी ग्राण्ड फिनाले असोज ६ मा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने जानकारी गराएको हो । भदौ ३ गतेबाट पहिलो अडिसन भएको यस कार्यक्रमको दोस्रो अडिसन भने भदौ १० मा भएको थियो । २५ जना युवतीहरुको सहभागिता रहेको यस कार्यक्रमको ट्यालेन्ट राउण्ड भने भदौ ३१ मा आयोजना हुने तालिम निर्देशक सुरेन्द्र शाहि ठकुरीले माईन्यूज नेपाललाई जानकारी गराए । जेसिजका अध्यक्ष दीपक भण्डारीका अनुसार उक्त कार्यक्रमको को कोरियोग्राफी २००५ कि मिस नेपाल सुगारिका केसीले गर्ने भएकी छन् ।  १६ देखि १९ वर्षसम्मका युवतीको प्रतिभा प्रष्फुटन गर्नका लागि हरेक वर्ष झैँ यो वर्षपनि मिस टिन प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष भण्डारीको भनाई थियो । आज बाट नै प्रतियोगीहरुको तालिम सुरु भइसकेको कन्सर्न उपाध्यक्ष विवस कर्माचार्यले बताए । काठमाडौं जेसिजले अन्तराष्ट्रिय जुनियर च्याम्बर तथा नेपाल जेसिजसँग आबद्ध रही युवाहरुमा सकारात्मक परिवर्तनका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । गैर नाफा मुलक संस्था काठमाडौं जेसिजले विभिन्न तालिमहरु प्रदान गर्दै युवा, युवतीहरु भित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले भिन्न भिन्न विद्याका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । जेसीजले सन् १९८८ मा लिटिल लेडी ट्यालेन्ट शो, सन् १९९४ मा मिस नेपाल, सन् २००२ मा मिस टीन नेपाल तथा सन् २००३ बाट मास्टर नेपाल जस्तो मेघा इभेन्टहरुको शुरुवात गरेको कन्सर्न कार्यकारी उपाध्यक्ष ईनु थापाले जानकारी गराइन् । यस कार्यक्रमको अफिसियल फोटोग्राफरमा भने राजभाई सुवाल रहेका छन् । मुख्य प्रायोजकको रुपमा ‘इन्च्यान्टर’ रहेको यस कार्यक्रमको सह–प्रायोजकको रुपमा भने रिलायन्स पेन्ट रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित