डिआईजीको कमजोर कमाण्डले बदनाम प्रहरीलाई राहत, सिआईबी पनि सुस्तायो

kamajor

 काठमाडौं । नेपाल प्रहरीमा व्यावसायीक प्रहरी अधिकारीका रुपमा चिनिएका डिआईजी शैलेश थापा र निरज शाही पछिल्लो समय विवादमा तानिएका छन्  ।

 प्रहरी संगठनलाई बदनाम गराउँदै आएका केही प्रहरीको ईसारामा चल्दा अहिले व्यावसायीक प्रहरीको छवी बनाएका डिआईजीद्वय विवादमा तानिएका हुन् । शाही केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) र थापा महानगरीय आयुक्तको कार्यलयका प्रमुख हुन ।

 ७२ हजार प्रहरी संगठनमा व्यावसायीक प्रहरी अधिकारीको नाम लिदा पहिलो नम्बरमा डिआईजी थापा र दोस्रो नम्बरमा शाही पर्छन् । तर आयुक्त प्रमुख थापा र सिआईबी प्रमुख शाहीको पछिल्लो कार्यसम्पदानमा प्रश्न उठेको छ  । पोखराका पत्रकार अर्जुन गिरी पक्राउको बिषयलाई लियर सिआईबीका प्रमुख शाही बिबादमा धकेलिए ।

 जघन्य घटनाको अनुसन्धान गर्न गठित सिआईबीमा डिआईजी शाहीले कार्यभार सम्हालेको ६ महिना बितिसक्दा पनि कुनै माँखो मार्न सकेका छैनन् । उता आयुक्त कार्यालयका डिआईजी थापा बृत्तका डिएसपीहरुले मनपरी गरे पनि कानुनी दायरमा ल्याउन अक्षम बनिरहेका छन् ।

 महाराजगञ्जमा चर्किएको  २३ लाख काण्डले उग्र रुपमा लिदा उनले डिएसपीलाई बचाउन खोजेको भूमिका पनि शंकास्पद देखिन्छ । इन्स्पेक्टर दिनेश भण्डारीले पैसा लिएको पाटो प्रमाणित नभए पनि व्याहारीक पाटो भने स्पष्ट छ । उक्त काण्डमा मुद्दा मिलाईदिन्छु भन्दै २३ लाख रकम भण्डारीले लिएका थिए ।

 तर त्यही पैसा गुमेको गुनासो लिएर पुगेका व्यक्तिलाई उल्टै गाली गरेर बृत्तबाट निकाल्ने डिएसपी फणिन्द्र प्रसाईको उक्त पैसामा भाग भण्डा छैन भन्ने आधार भेटिदैन । आफ्नो वृत्तमा चर्किएकोकाण्डमा  प्रसाईले  छानबिन गरी सत्यतत्थ पत्ता लगाउनु पथ्र्यो । तर उनले त्यसो गरेनन् ।

 यस्ता प्रहरी अधिकृतलाई अहिले डिआईजी थापाले राम्रो भनेर प्रशंशा गर्दै आएका छन् । उनको सचिवालयमा रहेका प्रहरी निरक्षक सुवास गुरुङले डिआईजी थापालाई घुमाउँदै आएको स्रोत बताउँछ । काम भन्दा चाकडीबाचको नामले प्रहरी सर्कलमा चिनने गुरुङ  जागिर खाएदेखि काठमाडौं नछाड्ने प्रहरी अधिकृतका रुपमा चिनिन्छन् ।

 जागिर अबधिभर लेखामा बसेका गुरुङले भ्रष्टाचार गरेको पैसाले धापासीमा साँढे तीन तले घर बनाएका छन् । पूर्व प्रहरी अधिकृत उपेन्द्रकान्त अर्यालको पालामा रौतहट सरुवा भएपछि १७ महिना जागिर छाडेर बसेका गुरुङलाई   डिआईजी थापाले इन्टेलिजेन्सको प्रमुख बनाएका छन् ।

 केही माफिया, दलाल र भ्रष्ट प्रहरीको मिलोमतोमा गुरुङले व्यावसायीक प्रहरी अधिकारीका छबिमा दाग लगाउँदै आएका छन् । गुरुङ जस्ता प्रहरी अधिकृतको कुरा सुनेर डिआईजी थापाको गलत निर्णय गरेका कारण कारण केही प्रहरी अधिकारीको मोरल डाउन भएको छ ।

 जसका कारण व्यावसायीक प्रहरी अधिकारीको छवी  बनाएका थापा पछिल्लो समय बिबादिद बन्दै गएका छन् । भावी आईजीपीका प्रमुख दाबेदारका रुपमा देखिएका थापा एक नम्बरका डिआईजी भएपनि कमाण्डमा त्यति अब्बल मानिदैनन्। (जनप्रहार साप्ताहिक )

प्रतिक्रिया

सम्बन्धित