ताँजाकोटमा रोग पहिचान हुन सकेन, मत्यु हुनेको संख्या १० पुग्यो

rog

  काठमाडौं । तीन सातादेखि हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा फैलिएको अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ भने २ सय भन्दा बढी विरामी परेका छन्।

रुघाखोकी प्रभावित बिरामीको खकारको नमुना (थ्रोट स्वाब) संकलन गरिए पनि परीक्षणका लागि संकलित नमुना समयमै प्रयोशालामा पुर्‍याउन नसक्दा त्यहाँ फैलिएको रोगको पहिचान हुन सकेको छैन । अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको हो।

आज मात्रै ताँजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोराको मृत्यु भएको छ। यस अघि मृत्यु हुनेमा ताँजकोट १ का ७० वर्षका कुशुमा रिठाल, ६० वर्षका सुरजित खड्का र ५५ बर्षका वीरदल रिठाल छन्। ५५ बर्से रंगे कोली र पाँच वर्षका सुनकेस्रा सुनार, वडा नं ३ का ७० वर्षका अम्मकली मल्ल, ७५ वर्षका बज्जिरे सुनार, ५५ वर्षका लक्ष्य सुनार, १० महिनाका बालक सञ्जिव थापा रहेका छन।

चैत्र अन्तिम सातादेखि गाउँमा रोग फैलिएको ताँजाकोटमा आईतबार कर्णाली प्रदेश सरकारले संघीय सरकारको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट चिकित्सकहरू डाक्टर केएन पौडेलको नेतृत्वमा टेकराज भट्टराई, केशव अधिकारी र अन्य स्वास्थ्यकर्मी औषधिसहित ताजाकोट पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित