मनोहरा खोलामा बेलिब्रिज पुल निर्माण हुने

Beli Bridge 1

भक्तपुर ।

जडिबुटी देखि बालकुमारी सम्मको करिडोर पुर्णरुपमा संचालन गर्नका लागि मनोहरा खोलामा बेलिब्रिज पुल निर्माण हुने भएको छ । काठमाडौं र भक्तपुरको सिमाना जडीबुटी–कोटेश्वर चोक भएर गुड्ने सवारीसाधनका लागि वैकल्पिक सडक प्रयोग गर्नका लागि मनोहरा खोला आखाँ हस्पिटलसंगै विधानगरमा बेलिब्रिज पुल निर्माण हुने भएको हो ।

आज बिशेष कार्यक्रमका बिच जनतासंग संवादमा रहने, जनताका पीरमर्का र गुनासोप्रति संवेदशील भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उक्त बेलिब्रिज पुल निर्माणको शिलान्यास गरेसँगै पुल निर्माण कार्य अघि बढ्ने भएको हो । जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताउँदै आएका सांसद बस्नेतले पुल निर्माणसँगै लामो समयदेखि कोटेश्वरको जामका कारण भोग्नु परेको समस्या समाधान हुने बताए । कोटेश्वरमा सवारीसाधनको अधिक चापका कारण जाम हुने भएकाले पुल निर्माण पश्च्यात भक्तपुरका जनताको दैनिक जीवन यापन समेत सहज हुने भन्दै भक्तपुरबाट कोटेश्वर प्रवेश गर्ने सवारीलाई मनोहराको करिडोर हुँदै बालकुमार पुलबाट चक्रपथमा प्रवेश गराइने समेत बताए ।
करिब १ करोड ५६ लाखको लागतमा दुई महिनामा निमार्ण सम्पन्न गर्ने लक्ष्य साथ निर्माण अघि बढाइएको उक्त पुल निर्माणसँगै कोटेश्वर चोकमा हुने सवारी चाप समेत नियन्त्रण हुने पुर्ब उधोग मन्त्री समेत रहेका सांसद बस्नेतले बताए ।


हरेक दिन हरेक क्षेत्रमा रचनात्मक र नयाँ काम गर्दै आएका सांसद बस्नेतकै पहलमा भक्तपुरको इतिहासमा नै एकै वर्ष करिव २० वटा पुल निर्माणको प्रकृयामा रहेको छ । सडक, ढल, करिडोर तथा राष्ट्रिय गौरवका बहुवर्षिय आयोजनाका माध्यमबाट भक्तपुरको मुहार समेत फेरिदै गएको छ ।

पुल निर्माणसँगै सूर्यविनायक हुँदै सातदोबाटो, कलंकी जाने सवारी बालकुमारी पुलको बाटो हुँदै चक्रपथमा प्रवेश गर्नेछन् भने बालकुमारी, नरेफाँट र टीकाथलीबाट आउने सवारीसाधन पनि यही रुट प्रयोग गर्दै काठमाडौ प्रबेश गर्ने छन् ।

जिम्मेवार, जवाफदेही र पारदर्शी तवरले कामकारवाही अघि बढाउने स्थानीय जनतासंग संवादमा रहने, जनताका पीरमर्का र गुनासोप्रति संवेदशील सांसद बस्नेतकै अग्रसरतामा भक्तपुरमा तीनै तहको सरकारको समन्वयमा सडक, ढल तथा अन्य विकासका योजनाहरु सञ्चालन भइरहेको छ । भक्तपुरमा हनुमन्ते नदीमा आठवटा ठूला र अन्य नदिहरुमा एक दर्जनभन्दा बढी साना पुलहरु समेत बनिरहेका छन् ।

शिलान्यास कार्यक्रममा मध्यपुर थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ,मध्यपुर थिमी नगरपालिकमा उपप्रमुख अन्जना देबि मधिकर्मी ,नेकपा भक्तपुरमा अध्यक्ष बच्चन देउजा लगाएतको उपस्थिति रहेको थियो ।

Beli bridge

 

 

प्रतिक्रिया

सम्बन्धित