राष्ट्रपति भण्डारीले यसरी गरिन् २ नम्बर प्रदेशद्धारा सञ्चालित अभियानको प्रशंसा

bidhya devi bhandari

  जनकपुर । सीता नवमीको अवसरमा प्रदेश २ को राजधानी पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारले सुरु गरेको अभियानको खुलेरै प्रशंसा गरेकी छन् ।

प्रदेश २ सरकारले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान सञ्चालन गरिरहेको छ । जानकी मन्दिर प्राङ्णमा आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले भनिन्–‘यो अभियान सही ढँगले अगाडि बढिरहेकाले प्रशंसा गर्न चाहन्छु ।’

तराईमा सामाजिक विकृति र विसंगति विद्यमान रहेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसको अन्त्यका लागि सबै कृयाशील हुनुपर्ने बताईन् ।

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन कायम र स्थानीय श्रोत र साधनको भरपूर उपयोग गरेर आर्थिक समृद्विमा लाग्न सबैसँग आग्रह गरिन् ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीलाई संघीय सरकारले राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने धारणा राखे । प्रदेश सरकारले प्रादेशिक रुपमा मनाउँदै सोमबार विदासमेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित