एक्सनमा एसएसपी सुवेदी, अनैतिक क्रियाकलापमा संलग्न १ सय १६ जना पक्राउ
काठमाडौं । एसएसपी उत्तमराज सुवेदी महानगरीय प्रहरी परिसर काठमाडौंमा नेतृत्व सम्हालेसँगै समाजमा हुने अपराधविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका छन् । आईतबार अपराध महाशाखासँग संयुक्तरुपमा पत्रकार सम्मेलनको आयोजना गरी अपराधिविरुद्ध कठोर कदम चाल्ने बताएका एसएपी सुवेदीले त्यसको भोलिपल्टै एक्सनमा उत्रिएर अनैतिक क्रियाकलापमा संलग्न १ सय २५ जनालाई पक्राउ गरेका छन् ।
परिसरले काठमाडौंको विभिन्न स्थानबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १ सय २५ जनालाई पक्राउ गरेको हो । नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, रत्नपार्क, चावहिललगायतका क्षेत्रमा महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लगि अनैतिक क्रियाकलाप गर्न खोज्ने १ सय २५ जनालाई पक्राउ गरिएको परिसरले जनाएको छ ।
एसएसपी उत्तम सुवेदीको निर्देशनमा शुक्रबारदेखि नै स्विप अपरेशन चलाइएको थियो । स्विप अपरेशनका क्रममा प्रहरीले शनिबार र आइतबार गरी उनीहरुलाई पक्राउ गरेको हो ।
महिलाहरुसँग यौनजन्य गतिविधि गर्ने, रत्नपार्क र बसपार्कको माथिको स्काइब्रिजमा महिलामाथि हातपात गर्नेहरु पक्राउ परेका छन् । आकाशे पुलमा हुने यौन सम्बन्धि बार्गेनिङ र विकृतिलाई नियन्त्रण गर्न पक्राउ गरिएको एसएसपी सुवेदीले बताए ।
यसअघि नेटवर्किङको नाममा ठगी गर्ने भारतीय गिरोहलाई एसएसपी सुवेदीले पक्राउ गराएका थिए ।
प्रतिक्रिया