एकाएक किन गले प्रचण्ड ?

prachanda_1

 काठमाडौं । पत्नी सीता दाहालको स्वास्थ्यका कारण तनाबमा परिरहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय अस्थिर बन्दै गएका छन् ।

 प्रचण्डका पछिल्ला अभिव्यक्तिहरू विश्वास गर्न लायकका छैनन् । ‘जंगल जान हतियार उठाउँछ’, ‘माथि जाँदा केही गरौँ’ र ‘बुद्ध बन्न चाहन्छु’ भन्ने यी तीन वटा विषयबाट प्रचण्ड अलमलमा परेको देखिन्छ ।
प्रचण्डको जुन स्टारडम थियो, त्या घट्दै गएको छ ।

 माओवादी पार्टीलाई एमालेमा मिसाएको एक वर्षभन्दा धेरै भइसकेको अवस्थामा प्रचण्डमा हतास मनस्थिति हुनु स्वभाविक पनि हो । प्रचण्डलाई नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी चलाउने जिम्मेवारी दिन्छु भनेका थिए । तर, प्रचण्डले पार्टी नेतृत्व लिने विषयमा अझै चुप छन् ।

 प्रचण्डले आफूलाई गुटको भन्दा पनि सिङ्गो देशभरिका नेताहरूको रुपमा चिनाउन खोजेका छन् । ओलीले पनि प्रचण्डका हरेक गतिविधिलाई नजिकबाट नियालि रहेका छन् ।

प्रचण्डले आफूलाई अस्थिर बनाउँदै लैजाने कार्यबाट माओवादी पृष्ठभूमि भएका नेताहरू चिन्तामा डुब्न थालेका छन् । ओलीले पार्टीको नेतृत्व दिँदैनन् भन्ने बुझेका प्रचण्डले प्रधानमन्त्री बन्न मुख मिठ्याएको हुनुपर्छ । स्रोतका अनुसार ओली प्रचण्डलाई कुनैपनि पोस्ट दिने पक्षमा छैनन् ।

 नामको मात्रै अध्यक्ष पाएका प्रचण्डलाई ओली मात्र नभइ माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरू पनि अगाडि बढ्न दिने पक्षमा छैनन् ।

 महासचिव विष्णु पौडेल पनि प्रचण्डलाई अध्यक्ष दिँदा आफू अध्यक्ष बन्ने बाटो बन्द हुने भन्दै प्रचण्डप्रति धेरै सकारात्मक छैनन् । राजश्वमारा विवादास्पद व्यापारीको घरमा ५०औँ वर्षगाँठ मनाएका प्रचण्डले भीभीआइपी र भीआइपीलाई मात्रै बोलाएका थिए । प्रचण्ड अर्बौं राजश्व छलीमा मुछिएका निरजगोविन्द श्रेष्ठको घरमा वर्षगाँठ मनाउन पुगेपछि उनको यो चर्तिकलाको विरोध भएको थियो,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ  ।

प्रतिक्रिया

सम्बन्धित