चार दिन भित्र ६५ जना सगरमाथाको चुचुरामा, ४० करोडभन्दा बढी राजश्व सङ्कलन
काठमाडौं । मंगलबारबाट शुरु भएको यो वर्ष (सन् २०१९)को सिजनमा बिहीबारसम्म ६५ जना आरोहीले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । मंगलबार रोप फिक्सिङ गर्ने आठ गाइड टोली पहिलोपटक चुचुरोमा पुगेका थिए ।
बिहीबार मात्रै २८ ले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।
आचार्यका अनुसार पाँच समूहका १२ ले लोत्से आरोहण गरेका छन् भने ४३ ले कञ्चनजङ्गा र ३२ जनाले मकालु हिमालको सफल आरोहण गरेका छन् । पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ४१ समूहका ३७८ जनाले अनुमति पाएका छन् । तीमध्ये अधिकांश आरोहणका लागि पालो पर्खेर बसिरहेका छन् । लोत्से हिमाल आरोहणका लागि छ समूहका ६६ ले अनुमति पाएका छन् ।
आरोहणमा जाने आरोहीबाट नेपाल सरकारले यो वर्ष करीब रु ४० करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
प्रतिक्रिया