सुकेधारामा बिष्फोट, ६ जना घाइते

sukedhara

   काठमाडौं । काठमाडौको सुकेधारामा बिष्फोट हुँदा ६ जना घाइते भएका छन् । महाराजगञ्ज प्रहरी बृत्तका अनुसार आज दिउँसो भएको बिष्फोटमा परी ६ जना घाइते भएका हुन् ।

घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा ग्यास सिलिन्डर पड्किएर उनीहरु घाइते भएको देखिएको छ । तर, घटनाको पूर्ण विवरण भने आउन सकेको छैन ।

महाराजगञ्ज प्रहरी बृत्तको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित