प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि विप्लव समूहको विस्फोट शृंखला
काठमाडौं। नेपाल बन्दलाई लक्षित गरी ग्वार्काे, लगनखेल, सानेपा र कोटेश्वरमा प्रेसरकुकर बम राखिएको थियो । ती सबै ठाउँमा राखिएको बम सेनाको टोलीले डिस्पोज गरेको छ । तर, नागढुंगामा भने विप्लव समूहका कार्यकर्ताले लक्षित ठाउँमा नपु-याउँदै बम विस्फोट भएको छ । गुडिरहेको मोटरसाइकलमा विस्फोट हुँदा बुद्ध लामा र विक्रम लामा घाइते भएका छन् ।
उनीहरूको उपचार भइरहेको छ, तर कुकरबम बोकेको आरोपमा प्रहरीले कोटेश्वरबाट सातजना पक्राउ गरेको छ ।
प्रहरीको गोलीबाट भोजपुरका विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको गत ८ जेठमा मृत्यु भएको थियो । त्यसैको विरोधमा विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गरेको थियो । बन्द हिंसात्मक बनाउने उसको योजना थियो । सोहीअनुसार उपत्यकामा शक्तिशाली बमहरू राख्ने तयारी त्यो समूहले गरिरहँदा ‘दुर्घटनावश’ यी विस्फोट भएको प्रहरी अधिकारीहरू बताउँछन् ।
१० फागुनमा नख्खु विस्फोटयता सरकार र विप्लव समूहबीच हिंसाको प्रतिशोध शृंखला चलेको छ । एनसेलको कार्यालयलाई लक्षित गरी भएको विस्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो । त्यसयता हिंसाका घटना बढेका छन् ।
नख्खु विस्फोटको केही दिनमा काभ्रेमा सो पार्टीका नेता हेमन्तप्रकाश वलीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको थियो । त्यस्तै नवलपरासीको शिवगढीमा २३ फागुनमा पनि प्रहरीले गोली चलाएको थियो । २४ फागुनमा वसुन्धरामा सो समूहले व्यवसायी रोहन गुरुङको घरमा विस्फोट गराएको थियो ।
त्यसपछि सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउने र आपराधिक समूहका रूपमा कारबाही गर्ने निर्णय गरेको थियो । २८ फागुनमा सरकारले प्रतिबन्ध लगाएको थियो । तर, त्यसयता पनि हिंसाको शृंखला रोकिएको छैन । सरकारले पनि सो समूहका कार्यकर्ता पक्राउ गर्न पटकपटक गोली चलाउने गरेको छ । त्यसको प्रतिरोधमा सो समूहले विस्फोट गराउँदै आएको छ । आइतबारको शृंखलाबद्ध विस्फोटपछि सर्वसाधारणमा हिंसाको त्रास बढेको छ ।
गत १५ फागुनमा धरानमा अत्याधुनिक एलएमजी एकथान प्रहरीले बरामद ग(यो । गत फुागन २३ गते कपिलवस्तुको शिवराज नगरपालिका–९ स्थित शिवगढीमा हातहतियारसहित नेता–कार्यकर्ता लुकेको आशंकामा प्रहरीले बिहानै छापा मा(यो ।
यादव चन्दको घरबाट प्रहरीले एसएमजी २ थान, त्यसमा लाग्ने गोली ६८ राउन्ड, त्यसको म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, गोली ३ राउन्ड, ५।५६ क्यालिभरको राउन्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरू १ बोरा (२५ केजी) बरामद ग(यो । गत फागुन २५ गते वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङका घरमा बम विस्फोट गराए । विप्लव पार्टीले एकपछि अर्को घटना गराउनुका साथै हतियार फेला पर्दै गएपछि पार्टीका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएको हो । (नयाँ पत्रीका )
प्रतिक्रिया