छेस्कामको प्रहरी चौकी आक्रमण हल्ला मात्रै भएको गृह मन्त्रालयको दावी
काठमाडौं । विभिन्न सञ्चारमाध्यमहरुमा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गएराति सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी आक्रमण गर्न खोजेकोबारे समाचार आएपछि गृहमन्त्रालयले त्यसलाई हल्ला मात्रै भएको जनाएको छ ।
सोमबार गृह प्रवक्ता रामकृष्ण सुवेदीले आक्रमणको प्रयास हल्ला मात्रै भएको बताएका हुन्। यद्यपी गएराति छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न २५–३० जनाको समूहमा विप्लवका कार्यकर्ता गएको स्रोतको दावी छ ।
विप्लव समूहका कार्यकर्ताहरुले पनि आक्रमणका लागि चौकीमा पुग्दा प्रहरीहरु भागेर कोही नभएको दाबी गरेका छन् ।
प्रतिक्रिया