नेम्पा अवार्डकोे उत्कृष्ट तीन सार्वजनिक, कसले मार्ला बाजी ?
काठमाडौैं : नेपाल चलचित्र संघले डीएबीएस इन्टरटेन्मेन्ट टेक्सास, डालससँगको सहकार्यमा गर्न लागेको ‘नेम्पा फिल्म अवार्ड २०१७, अमेरिका’ को लागि विभिन्न विधामा उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरेको छ । अध्यक्ष प्रदिपकुमार उदयले जारी गरेको विज्ञप्तीमा अवार्ड सेप्टेम्बर १७ तारिखमा अमेरिकामा आयोजना हुने उल्लेख छ । भदौ १९ गते मनोनयनमा पर्ने चलचित्रर्कीलार्इ प्रमाणपत्र वितरण गर्ने संघले जनाएको छ । गतबर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ४५ वटा चलचित्रले अवार्डमा सहभागीताका लागि आवेदन दिएका थिए । सोही चलचित्रहरुको मुल्यांकन गरि, १८ विधामा उत्कृष्ट ३ को मनोनयन संघले सार्वजनिक गरेको हो । को-को परे मनोनयनमा ? १ उत्कृष्ट अभिनेत्री प्रियंका कार्कीः चलचित्र छक्का पञ्जा केकी अधिकारीः चलचित्र लभ सासा श्रृजना सुब्बाः चलचित्र डाइङ क्यान्डल
२. उत्कृष्ट अभिनेता सौगात मल्लः चलचित्र लुकामारी दयाहाङ्ग राईः चलचित्र बीरविक्रम विपिन कार्कीः चलचित्र जात्रा
३. उत्कृष्ट निर्देशक दीपाश्री निरौलाः चलचित्र छक्का पञ्जा रामबाबु गुरुङ्गः चलचित्र पुरानो डुङ्गा श्री प्रदीप भट्टराईः चलचित्र जात्रा
४. उत्कृष्ट चलचित्र पुरानो डुङ्गा जात्रा छक्का पञ्जा
५. उत्कृष्ट नृत्य निर्देशक रामजी लामिछाने: चलचित्र तीन घुम्ती, (फूल झैा नरम……) विक्रम स्वार: चलचित्र लूट २, (ठमेल बजार…….) कविराज गहतराज: चलचित्र राधा (छपक्कै फूल……)
६. उत्कृष्ट संगीतकार सुरेश गैरे: चलचित्र शब्द (हरपल रुवाउँछ…….) बसन्त सापकोटा: चलचित्र हाउ फन्नी (शिर मै शिर विन्दु…….) राजनराज शिवाकोटी: छक्का पञ्जा (पूर्व पश्चिम……………)
७. उत्कृष्ट गायिका मीना निरौला: चलचित्र लूट २ (ठमेल बजार………) मिलन अमात्य: चलचित्र हाउ फन्नी (यो के हो…………) अञ्जु पन्त: चलचित्र छक्का पञ्जा, (पूर्व पश्चिमंं…….)
८. उत्कृष्ट गायक स्वरुपराज आचार्य: चलचित्र शब्द, (हरपल रुवाउँछ……) युवराज चौलागाई: चलचित्र पलाँस, (तिमी साथ……..) कालीप्रसाद बास्कोटा: चलचित्र पुरानो डुङ्गा (निर जैले………)
९. उत्कृष्ट गीतकार सुरेश प्राञ्जल: चलचित्र बाटो मुनिको फूल २, (नरुने आँखा……..) दयाराम पाण्डे: चलचित्र पलास (तिमी साथ हुँदा……..) कृष्णहरि बराल: चलचित्र शब्द, (हरपल रुवाउँछ…..)
१०. उत्कृष्ट छायाँकार शैलेन्द्र डी कार्की: चलचित्र पुरानो डुङ्गा पुरुषोत्तम प्रधान: चलचित्र छक्का पञ्जा पुरुषोत्तम प्रधान: चलचित्र लूट २
११. उत्कृष्ट सम्पादक निमेश श्रेष्ठ: चलचित्र पुरानो डुङ्गा सुरेन्द्र पौडेल: चलचित्र लूट २ विपिन मल्ल: चलचित्र छक्का पञ्जा
१२. उत्कृष्ट लेखक रामबावु गुरुङ्ग: चलचित्र पुरानो डुङ्गा प्रदीप भट्टराई: चलचित्र जात्रा दीपकराज गिरी: चलचित्र छक्का पञ्जा
१३. उत्कृष्ट हाँस्य कलाकार विपिन कार्की: चलचित्र लूट २ श्री बुद्धि तामाङ्ग: चलचित्र छक्का पञ्जा श्री केदार घिमिरे: चलचित्र छक्का पञ्जा
१४. उत्कृष्ट खलनायक सौगात मल्ल: चलचित्र लूट २ अनुप विक्रम शाही: चलचित्र किङ्ग अर्पण थापा: चलचित्र बाटो मुनिको फूल २
१५. उत्कृष्ट नव अभिनेत्री मरिस्का पोखरेल: चलचित्र के म तिम्रो होइन र नम्रता श्रेष्ठ: चलचित्र गााठो श्रृष्टी श्रेष्ठ: चलचित्र गाजलु
१६. उत्कृष्ट नव अभिनेता सञ्जय गुप्ता: चलचित्र सफर आर्यन अधिकारी: चलचित्र के म तिम्रो होइन र आयुषमान देशराज जोशी: चलचित्र चपली हाइट २
१७. उत्कृष्ट सहअभिनेत्री मेनुका प्रधान: चलचित्र पुरानो डुङ्गा वर्षा राउत: चलचित्र छक्का पञ्जा रीमा विश्वकर्मा: चलचित्र बाटो मुनिको फूल २
१८. उत्कृष्ट सह अभिनेता माओत्से गुरुङ्ग: चलचित्र पुरानो डुङ्गा रवीन्द्र झा: चलचित्र जात्रा सौगात मल्ल: चलचित्र डाइङ क्यान्डल
प्रतिक्रिया