बलियो सरकारकाे कमजोर बजेट : सिंह
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रसका नेता प्रकाशमान सिंहले बलियो सरकारले कमजोर मनस्थितिले बजेट प्रस्तुत गरेको टिप्पणी गरेका छन् ।
दुई तिहाइ प्राप्त गरेको सरकारले नेपालको अर्थतन्त्रमा फड्को मार्न अपानाउनुपर्ने नीतिहरु अपनाउन नसकको उनको भनाई थियो ।
प्रतिनिधिसभाको आजको बजेटमाथिको छलफलमा भाग लिँदै नेता सिंहले छेपारोले घ्याम्पो ओगटेको जस्तै बजेट आएको बताएका हुन् । उनले केन्द्र सरकारले आफूमा बढी अधिकार र योजना राखेर बजेट ल्याएको दावी गरेका छन् ।
उनले भने–‘हाम्रो नेवारीमा भन्छ–म्याविल चले घेभुई, यो भनेको छेपारोले घ्याम्पो ओगटेर बसे जस्तै हो । यो सरकारले स्थानीय र प्रान्तीय सरकारलाई दिनुपर्ने अधिकारहरु आफ्नै नियन्त्रणमा राख्ने खालको प्रवृति देखाएको छ । साना साना योजनाहरु पनि केन्द्रमा नै राखेको छ । यसमा सरकारले प्रश्न गर्ने ठाउँ दिएको छ ।’
संसदमा बोल्दै उनले भने–‘काठमाडौंमा धुलोमा केही सुधार आएको छ र ? मेलम्ची आयोजना सम्पन्न गर्न सकिरहेको छैन् । भनिन्छ कमिसनको खेलमै ठेकेदार भागेर गएको छ ।
प्रतिक्रिया