मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारको मानव साङ्लो (फोटो फिचर)
काठमाडौं । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको विरोधमा शनिवार पत्रकारहरूले प्रदर्शन गरेका छन्। माइतीघर मण्डलामा जम्मा भएका पत्रकारहरुले मानव साङलो बनाएर विरोध गरेका हुन्।
नेपाल पत्रकार महासङ्घको अगुवाइमा विरोधको कार्यक्रम उनीहरूले आँखामा कालो पट्टी बाँधेर समेत विरोध गरेका थिए।
कार्यक्रममा पत्रकार महासंघका पुर्व पदाधिकारी, विभिन्न संचारगृहका सम्पादक तथा पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया