चितवनमा मिटरव्याज र हुण्डीको कारोबार फस्टाउँदै
चितवन । चितवनमा पछिल्लो समय चेक बाउन्स र लेनदेनको मुद्दामात्र होइन, अवैध ढुकुटी, मिटरब्याज र हुण्डीको कारोबार फस्टाउन थालेको छ । नारायणगढमा फेन्सीको पसल राख्नेदेखि सुन र इलेक्टोनिक्स सामान तथा होटल व्यवासायीहरु नै यस्तो धन्दामा सक्रिय रहेका छन् ।
प्रशासनले बेलैमा यस्ता अवैध गतिविधिलाई नियन्त्रण गर्नेतर्फ नलाग्ने हो भने आपराधिक गतिविधि बढ्न गई धेरै जना घरबारविहिन हुने अवस्था आउने देखिन्छ । त्यसो त जिल्ला प्रहरी कार्यालय चितवनमा चेक बाउन्सका मुद्दा दिन प्रतिदिन बढ्दै गइरहेको प्रहरी अधिकारीहरु नै बताउँछन् ।
ढुकुटीको पैसा उठाउन लेनदेनका कागज बनाउनेदेखि बढि रकमको चेक काट्न लगाउने व्यक्तिहरु प्रशासनलाई प्रभावमा पार्न तल्लिन छन् ।
ढुकुटीको धन्दामा भरतपुर २ क्षेत्रपुरकी रेणु मुल्मी (श्रेष्ठ), गोरखा घर भई भरतपुर बस्ने जुलु गुरुङ्ग, पुलचोकमा रहेको एलजी शोरुमका सञ्चालक लक्ष्मण श्रेष्ठ, एलबी मोटर रिकन्डिसन हाउसका सञ्चालक खेम हमाल ‘लाले’, लोकमान सुनचाँदी पसलका सञ्चालक ज्ञानेन्द्रमान शाक्य, भरतपुर हाइटमा रहेको चिल्लीज क्याफेका सञ्चालक भरतकाजी कुँवरलगायत रहेका छन् ।
यी त उदाहरणका मुख्य पात्र मात्रै हुन्, यसरी अवैध ढुकुटी सञ्चालन गर्नेमा दर्जनौं व्यक्ति रहेको प्रहरी कार्यालयमा दिनुहुँजसो पैसा उठाइदिनु प¥यो भन्दै उजुरी बोकेर आउने व्यक्तिहरुलाई अनुसन्धान गरे मात्र पुग्छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल आफ्नो कार्यकालमा यस्ता अवैध गतिविधि गर्नेहरुले कुनै पनि हालतमा छुट नपाउने बताउँछन् । ‘पैसा फस्यो उठाइदिनु प¥यो’ भन्दै प्रहरीमा आउने उजुरीलाई सुक्ष्म रुपमा अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने एसपी मल्लले बताए ।
त्यसो त भर्खरै आएका नयाँ प्रहरी प्रमुख एसपी मल्लले ठिमुरास्थित क्रसर उद्योगमा निरीक्षण गरी नविकरण नभएका उद्योगहरुलाई कारबाहीको दायरामा ल्याउने तयारी गरेका छन् । क्रसर उद्योगहरुले मनपरी रुपमा उत्खनन गर्न थालेको उजुरी परेपछि एसपी मल्लले क्रसर उद्योगमाथि कारबाहीको तयारी थालेका हुन् । त्यसैगरी गाडि र मोटरसाइकलको रिकन्डिसन हाउस सञ्चालन गर्ने केही व्यक्तिहरु पनि ढुकुटी र मिटरब्याजको धन्दामा सक्रिय रहेका छन् ।
त्यस्तै व्यापारीक केन्द्र मानिएको चितवनमा अवैध हुण्डी कारोबार र मिटरब्याज ह्वात्तै बढेको छ । बेलचोकका राम अधिकारीले हुण्डी र ढुकुटीको ठूलो कारोबार गर्ने गरेको प्रहरी स्रोत बताउँछ ।
न्सलटेन्सीबाट अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको पैसा पठाउने अधिकारीदेखि सुन व्यापारीहरुको पैसा चलाउने राजु श्रेष्ठ पनि यो धन्दामा सक्रिय रहेको स्रोतको दावी छ । भरतपुरका राकेशमान श्रेष्ठ पनि मिटरब्याजमा सक्रिय रहेका छन्,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ। ।
प्रतिक्रिया