पार्टी एकीकरणका सबै सहमति इमान्दारिताका साथ कार्यान्वयन हुनुपर्छ: : अध्यक्ष प्रचण्ड

prachanda

 काठमाडौं । नेपाल  कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकीकरणका समयमा भएका सबै सहमति इमान्दारिताका साथ कार्यान्वयन हुनुपर्ने बताएका छन् ।


पार्टी कार्यालय धुम्बाराहीमा रितबहादुर खड्काको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले सहमतिअनुसार नै पार्टी सञ्चालन हुनुपर्ने बताए ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा सत्ता हस्तान्तरणका विषयमा भएको सहमतितर्फ संकेत गर्दै दाहालले सहमतिहरु इमान्दारिताका साथ कार्यान्वयन हुनुपर्ने बताए । उनले सहिदका सपना साकार पार्न कम्युनिस्ट पार्टीलाई जनताले मत दिएको प्रष्ट पार्दै त्यसलाई खेर जान दिन नहुने बताए ।

अध्यक्ष दाहालले जनवादमार्फत् समाजवादमा पुग्ने कम्युनिस्ट पार्टीको लक्ष्य भएको बताए । पार्टी एकीकरण गर्दा प्रष्ट रुपमा वैचारिक लाइन तय भइसकेको भए पनि कतिपय नेताहरुले यसलाई गलत ढंगबाट व्याख्या गरेको उनको भनाइ थियो ।

पछिल्ला दिनमा पार्टी सचिवालय सदस्य ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद नै पार्टीको लाइन भएको बताउँदै आएका छन् । तर, एकीकृत पार्टीको दस्तावेजमा जनताको जनवाद मात्र उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित