लोकतान्त्रिक प्रणालीविरुद्ध अलोकतान्त्रिक शक्तिको मोर्चाबन्दी : प्रधानमन्त्री ओली

pmolin

 काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणपन्थी प्रतिक्रियावादी र अति वामपन्थी उपग्रपन्थीहरु हालको व्यवस्था उल्ट्याउन लागिपरेको आरोप लगाएका छन्।

 प्रधानमन्त्री ओलीले आज संसदमा कांग्रेस गरेको  अवरोधप्रति कडा प्रतिक्रिया दिँदै कांग्रेसले बालहठ देखाएको आरोप लगाए। 

 प्रधानमन्त्रीले आज समसामयिक विषय र युरोप यात्राबारे संसदमा बोल्न खोज्दा नेपाली कांग्रेसले अवरोध गरेको थियो । कांग्रेस आफैं परिर्वतनकारी शक्तिहरुलाई विथोल्न लागेको प्रधानमन्त्री ओलीले आरोप लगाए । उनले सञ्चारमाध्यमले नेपाली भाषाको मर्मलाई बुझ्न नसकेको पनि बताए ।

 प्रधानमन्त्री ओलीले संघीयता र गणतन्त्रविरुद्ध जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक प्रणालीविरुद्ध अलोकतान्त्रिक शक्तिको मोर्चाबन्दी स्पष्ट देखिएको बताए । देशमा साम्प्रदायिक विद्वेष फैलाउन खोज्नेसमेत देखिएको बताउँदै आफू यस्ता गतिविधि राेक्न लाग्ने बताए ।संसदमा बोल्न नपाएपछि प्रधानमन्त्री  ओलीले पत्रकार सम्मेलन गरेका हुन्। 

प्रतिक्रिया

सम्बन्धित