पाकिस्तानी क्रिकेट टिमलाई निलम्बन गर्न मुद्दा

pakiskani

 काठमाडौं । विश्वकप एक दिवसीय क्रिकेटका क्रममा भारतसंग पराजित पाकिस्तानी क्रिकेट टिमलाई निलम्बन गर्न मुद्दा परेको छ ।

पाकिस्तानका एक निराश प्रशंसकले पाकिस्तानको गुजरांवाला अदालतमा निवेदन दर्ता गर्दै टिममाथि प्रतिपन्ध लगाउन माग गरेका हुन् ।

उनले निवेदनमा चयन समितिलाई बर्खास्त गर्नुपर्नेसमेत माग गरेका छन् । पाकिस्तान भारतसंग ८९ रनले पराजित भएको थियो । यो पाकिस्तानको विश्वकपमा ७–० को हारको रेकर्ड थियो ।

हारपछि पाकिस्तानले आलोचना खेप्दै आएको छ । भारत र पाकिस्तानबीचको खेललाई केवल खेलका रुपमा मात्र नलिएर ज्यानको बाजीसमेत लगाउने गरिन्छ । राजनीतिक रुपले पनि हेर्ने गरिन्छ ।

अदालतमा निवेदन दिएर टिम प्रतिबन्ध लगाउने र चयन समिति भंग गर्ने माग गर्ने उक्त ब्यक्तिका बारेमा अहिले केही बताइएको छैन ।

यसैबीच, पाकिस्तान क्रिकेट बोर्ड बीसीबीको बैठक बुधबार बस्दैछ । यो बैठकले प्रशिक्षक तथा चयनकर्तासंगै केही प्रवन्धकमध्ये कुनै पनि सदस्यलाई हटाउन सक्ने सम्भावना रहेको बुझिन्छ ।

प्रतिक्रिया

सम्बन्धित