रामेछाप र दोलखाका इन्चार्जसहित विप्लवका पाँच कार्यकर्ता पक्राउ
काठमाडौं । महानगरीय अपराध महाशाखाले प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना जिल्ला इन्चार्ज छन् भने तीन जना सदस्य रहेका छन् ।
महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार पक्राउ पर्नेमा रामेछाप जिल्ला इन्चार्ज कुलदीप तामाङ, दोलखा इन्चार्ज यादव दाहाल, दोलखा जिल्ला सेक्रेटरी निशान जिरेल, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य मुकुन्द श्रेष्ठ र अखिलकै उदयपुर जिल्ला सदस्य विकास तामाङ छन्।
पाँच जनामध्ये एकलाई काठमाडौं र चार जनालाई भक्तपुरबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया