जिप दुर्घटना हुँदा ५ यात्रुको मृत्यु, १२ जना घाइते

jip

   काठमाडौं । धादिङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । धादिङको गल्छी–४ कार्कीडाँडाबाट तरकारी बोकेर गल्छी बजार आउँदै गरेको जीप आज दिउसो गल्छी–६ बाजगाउँस्थित कच्ची सडकमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयल धादिङले जनाएको छ ।

तरकारी र तरकारी बेच्ने किसानहरु बोकेर गल्छी बजार आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा गल्छी–४ निवासी ३८ वर्षीय राजु रम्तेल, सेतु मिजार, वडा नम्बर ६ निवासी ३० वर्षीय कान्छी भुजेल र नानु तामाङ रहेका छन् ।

त्यसैगरी ठेगाना नखुलेको समीक्षा अधिकारीको उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ ।


जिप सडकबाट झण्डै ६० मिटर तल खसेको छ। जिप चालक सुजन रम्तेल फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कायालय धादिङले फरार चालकको खोजी भइरहेको जानकारी गराएको छ ।

घाइतेको स्थानीय गजुरी अस्पताल, गल्छी स्वास्थ्यचौकी र सख्त रहेका ५ जना घाइतेलाई थप उपचारार्थ काठमाडौं ल्याइएको गल्छीस्थित प्रहरी चौकीले बतायो ।

प्रतिक्रिया

सम्बन्धित