विश्वकप क्रिकेट : आज पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै

sa vs pa

  काठमाडौं । विश्वकप क्रिकेटमा आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा लर्ड्समा दक्षिण अफ्रिका र पाकिस्तानबीचको खेल सुरु हुँदैछ ।

पनि दुवै टिममाथि जित्नै पर्ने दबाब छ । दक्षिण अफ्रिका आफ्नो पहिलो खेलमा इंल्ग्यान्डसँग १०४ रन, दोस्रो खेलमा बंगलादेशसँग २१ रन, तेस्रो खेलमा भारतसँग ६ विकेट पराजित भएको थियो ।

वेष्ट इन्डिजसँगको चौथो खेल पानीले विथोलिएको थियो भने पाँचौं र छैटौ खेलमा क्रमश अफगानिस्तानलाई ९ विकेटले पराजित र न्युजिल्यान्डसँग भने चार विकेटले पराजित भएको थियो ।

यता, पाकिस्तानले भने आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजसँग सात विकेटले पराजित, दोस्रो खेलमा इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको थियो । तेस्रो खेल वर्षाको कारण श्रीलंकासँग अंक बाँडेको थियो भने चौथो खेलमा अष्ट्रेलियासँग ४१ रनले पराजित भएको थियो ।

त्यसैगरी, पाँचौैं खेलमा भारतसँग ८९ रनले हारेको थियो । त्यसैले पनि आजको खेलमा पाकिस्तानलाई जित्नै पर्ने दबाव छ ।

पाकिस्तान टिम
सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी ।

न्युजिल्यान्ड टिम
केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुनरो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, टे«न्ट बोल्ट, टिम साउथी, माट हेनरी, लकी फर्गुसन र इश सोधी ।

प्रतिक्रिया

सम्बन्धित