वाइडबडीका खलनायक कंसाकार निगम ध्वस्त पार्न सक्रिय

Sugat-Ratna-Kansakar

 काठमाडौं । वाइडबडी खरिदमा बिचौलियामाथि बिचौलिया खडा गरी ४ अर्ब ३५ करोड रुपैयाँ भ्रष्टाचार गर्ने मुख्य दोषी नेपाल वायुसेवा निगमका पूर्व प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार निगम ध्वस्त पार्न सक्रियरुपमा लागेका छन् ।

 वाइडबडी काण्डमा भ्रष्टाचार गर्ने कंसाकारसहितका दोषीमाथि कारबाही गर्न संसदको सार्वजनिक लेखासमितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । लेखासमितिले वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको ठहर गरी त्यसको प्रतिवेदन नै अख्तियारमा पठाएको छ ।

 अख्तियारले लेखासमितिको प्रतिवेदन प्राप्त भएपछि वाइडबडी छानबिन गर्न अनुसन्धान अधिकृत समेत तोकिसकेको छ । वाइडबडी खरिदमा अनियमितता भएको निष्कर्ष अख्तियारको पनि छ । अख्तियारका एक उच्च अधिकारी भन्छन्, ‘लेखासमितिको निर्देशन पालना गर्दै अनुसन्धान गरेका छौं ।'

 सरकार नै ग्यारेन्टी बसेर कर्मचारी संचयकोष र नागरिक लगानीकोषबाट ऋण लिएर वाइडबडी खरिद गरिएकाले पनि अख्तियारले यसमा गम्भीर भएर छानबिन गर्नैपर्ने हुन्छ । बजार नै नभई यूरोपको आकाश नै नेपाली जहाजका लागि कालोसूचीबाट हटाउनतिर नलागी जहाज किन्दा अहिले ग्राउन्डेड भएका छन् ।

 निगमले ऋणको ब्याजसमेत तिर्न सकेको छैन । तर, सुगतरत्न कंसाकार आफ्नो पालामा निगम नाफामा गएको जस्तो प्रचार गर्दै हिँडेका छन् । जबकि २०७६ जेठ १३ सम्म त उनी नै थिए निगममा । निगमलाई बजार नै नभई २ वटा वाइडबडी खरिद गरी २४ अर्ब ऋणको भारी बोकाएर हिँडेका कंसाकार पछिल्लो समय आफू कुशल ब्यवस्थापक भएको भ्रम छर्न तल्लीन भएर लागेका छन् ।

 कोरियामा निगमको उडान नै नभए पनि ५० लाख रुपैयाँ घुस लिएर संचालक समितिको निर्णयविना नै जीएसए दिएका कंसाकारले जापानमा पनि ठूलो रकम घुस लिएर जीएसए दिन खोज्दा त्यही बेला नयाँ कार्यकारी अध्यक्ष मदन खरेल आएपछि असफल भएका थिए ।

 वाइडबडी काण्डमा अख्तियारले उनलाई जेल हाल्ने र कोरियाको जीएसएमा घुस खाएको बिषयमा पनि छानबिन हुने भएपछि उनी अहिले निगमविरुद्ध बिषबमन गर्दै हिँडेका छन्,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ  ।

प्रतिक्रिया

सम्बन्धित