सञ्चारकर्मी पहाडीको ‘दौंतरी’ सार्वजनिक
काठमाडौं । सञ्चारकर्मी अनिल पहाडीले गीति एल्बम ‘दौंतरी’ बजारमा ल्याएका छन् । मुक्तिनाथ धाम बुटवलका प्रमुख संरक्षक स्वामी लोकानन्दले शनिबार धाममै उक्त म्युजिक भिडियो सार्वजनिक गरे ।
पीठाधीश स्वामी लोकानन्दले सनातन धर्मले जातभातको विभेद नगर्ने बताए । उनले प्रेम भएको ठाउँमा कुनै पनि विभेद नहुने बताउँदै त्यसलाई संगीतमार्फत व्यक्त गरेको बताए ।
नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईंले मुक्तिनाथ धाममा विमोचन गरेर जातीय समानताको सन्देश दिने काम गरेको बताए । म्युजिक भिडियोको समीक्षा गर्दै ऋषि न्यौपानेले भिडियोले मनोरञ्जनसँगै सन्देश दिएको बताए ।
कार्यक्रममा अटो व्यवसायी विश्वराज गैरे, नेपाल पत्रकार महासंघ रूपन्देहीका सचिव रामप्रसाद आचार्य, स्वतन्त्र पत्रकार संघ प्रदेश ५ का उपाध्यक्ष ईश्वर पौडेल, लोक दोहरी गीत प्रतिष्ठान रूपन्देहीका सहकोषाध्यक्ष रेशम खनालले एल्बमको सफलताको कामना गरे ।
कार्यक्रममा मोडल प्रमिला कार्कीले समाजमा दलित र गैरदलितबीचको भेदभावलाई अन्त्यका लागि प्रेरणा दिने बताइन् । दौंतरीमा गायक अनिल पहाडी र गायिका मेलिना राईको स्वर छ ।
प्रतिक्रिया