२५ सिडिओको सरुवा (सूची सहित)
काठमाडौं । गृह मन्त्रालयले एकै पटक २५ जना प्रमुख जिल्ला अधिकारी (सिडियो) हरुको सरुवा गरेको छ । गृहले आइतबार सरुवा गरेको हो ।
अध्यागमन विभागका ज्ञाननाथ ढकाललाई प्रजिअका रुपमा म्याग्दी सरुवा गरिएको छ। मुवराज कट्टेललाई दैलेख र वेदनिधि खनाललाई सोलुखुम्बुमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
त्यस्तै इन्कान्टर घटनाका कारण विवादमा परेका सर्लाहीका प्रजिअ कृष्णबहादुर राउतको एक महिनामै सुनसरीमा सरुवा भएको छ । इलाका प्रशासन कार्यालय साँखुका मोहनबहादुर जिसीलाई कामु प्रजिअको जिम्मेवारी दिएर सर्लाही पठाइएको छ।
यस्तो छ सरुवाको सूची
१. कृष्णबहादुर राउत प्रजिअ सर्लाहीबाट – प्रजिअ सुनसरी
२. मोहनबहादुर जिसी इप्रका साँखुबाट – प्रजिअ सर्लाही
३. ज्ञाननाथ ढकाल गृह मन्त्रालयबाट – प्रजिअ म्याग्दी
४. युवराज कँडेल रा।प।प। विभागबाट – प्रजिअ दैलेख
५. वेदनिधि खनाल गृह मन्त्रालयबाट – प्रजिअ सोलुखुम्बु
६. चन्द्रकला ओली मोरङबाट प्रजिअ – तेह्रथुम
७. कृष्णप्रसाद पन्थ पाल्पाबाट प्रजिअ – प्युठान
८. डोरेन्द्र निरौला इप्रका धरानबाट – ताप्लेजुङ
९. वेदनिधि अधिकारी कारागार, सुन्धाराबाट – रुकुमपूर्व
१०. कृष्णचन्द्र पौडेल झापाबाट – कालीकोट
११. पुष्पराज पौडेल कारागार कार्यालय, सुन्धाराबाट – रुकुमपूर्व
१२. मित्रलाल शर्मा रुकुमपूर्वबाट – गृह मन्त्रालय
१३. अर्जुन भण्डारी ताप्लेजुङबाट – मोरङ
१४. नरेन्द्र राना सोलुखुम्बुबाट – गृह मन्त्रालय
१५. लक्ष्मीदेवी होमागाइँ तेह्रथुमबाट – काभ्रे
१६. लीलाधर अधिकारी म्याग्दीबाट – अध्यागमन, विमानस्थल
१७. बद्रिनाथ गैरे प्युठानबाट – स. प्रजिअ नुवाकोट
१८. चन्द्रबहादुर कार्की कालीकोटबाट – इप्रका धरान
१९. खुमकान्त आचार्य गृह मन्त्रालयबाट – इलाका प्रशासन साँखु
२०. वसन्तराज पुरी स।प्रजिअ काभ्रेबाट – गृह मन्त्रालय
२१. तुलसीराम पौडेल स।प्रजिअ तनहुँबाट – गोरखा
२२. रामेश्वर अर्याल कपिलवस्तुबाट – तनहुँ
२३. शम्भु ऐरी स. प्रजिअ रूपन्देहीबाट – रा.प.प. विभाग
२४. लक्ष्मी बाँस्कोटा प्रजिअ दैलेखबाट – कारागार कार्यालय सुन्धारा
२५. रुद्रनाथ देवकोटा मनाङबाट अध्यागमन, त्रिभुवन विमानस्थल
प्रतिक्रिया